×

घरदैलो कार्यक्रममा सर्वेन्द्र खनाल र निरेशलालसिंह महर्जन

images

काठमाडौं । काठमाडौं क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन्।

उक्त क्षेत्रमा प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार हुन् । खनाल भने पहिलोपटक उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन्। काठमाडौंको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार एक सय दुई मतदाता छन्।  खनाल यतिबेला घरदैलो अभियानमा ब्यस्त छन् । ३० वर्ष नेपाली जनताको सेवामा समर्पित खनालले अहिले प्रतिनिभिसभा सदस्यमा उम्मेदवारी दिएका हुन ।

 खनालले आफ्नो उम्मेदवारी कुनै पनि राजनीतिक दलका नेताकोविरुद्ध नभई देशको भ्रष्टाचार, परनिर्भरता, युवाशक्ति पलायन र गरिबीविरुद्ध उभिएर समृद्ध नेपाल, सुखी नेपालीको महा अभियानलाई सफल तुल्याउनका लागि भएको बताएका छन् । अब्बल कार्यपालिका बनाउनका लागि खनालले ‘हाम्रो भन्दा राम्रो’ व्यक्तिलाई चुन्न आग्रह पनि गरेका छन् ।  खनाल काठमाडौँ क्षेत्र नं ६ लाई आफूले नमूना क्षेत्रका रूपमा विकास गर्ने बताउँछन्। उनी क्षेत्र नं ६ भित्रको संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत ६ नं क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको बताउँछन्।

“सहरी क्षेत्रमा संस्कृति तथा सम्पदाको संरक्षण, बस्ती क्षेत्रमा खानेपानी, ढल र विद्युत्को समस्या समाधान र काठक्षेत्रमा कृषि र घरेलु उद्योगको विकास गर्नु मेरो प्रमुख योजना हो”, खनाल भन्छन्। काठमाडौँ क्षेत्र नं ६ भित्रका खोलानालाको संरक्षण गर्दै करिडोर निर्माण गरी ट्राफिक व्यवस्थापनमा समेत नमूना बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

साथै आज ठमेल स्थित डबलि को चिबाहाल परिवार परिसर मा भयको घरदैलो कार्यक्रमा  एमालेबाट क्षेत्र नं ६ ‘क’ मा निरेशलालसिंह महर्जन ले काठमाडौँ क्षेत्र नं ६ को संस्कृति, सम्पदा, संस्कार र परम्परा जगेर्ना आफ्नो मुख्य प्राथमिकता भएको बताउदै  “नेवारी भाषा संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जोड दिने मेरो प्रमुख एजेन्डा हो”, उनले भने । उहाँ विगत १५ वर्षमा काठमाडौँ क्षेत्र नं ६ को विकासमा आफूले महत्वपूर्ण काम गरेकाले आगामी दिनमा उक्त कामलाई पूरा गर्ने आफ्नो चाहना रहेको बताउछन् । उहाले चिबहाल परिवारलाई उक्त चिबहाल क्षेत्र जोगाउन खेलेको भूमिकाको प्रसंसा गर्दै काठमान्डौ का सार्वजनिक सम्पदाहरु भुमाफियाहरु बाट बचाउन लागि पर्ने बताय ।     

बुधबार १६ कात्तिक २०७९ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया