×

टोटनहमको जितसँगै ठूला टिम विजयी

images

पेरिस । टोटनहमले प्रतियोगिताबाट बाहिरिसकेको स्थितिबाट मंगलबार युरोपेली च्याम्पियन्स लिगको नटआउट चरणको यात्रा तय गरेको छ, त्यो पनि समूह विजेताका रूपमा । समूह ‘डी’ को खेलमा उसले मार्सेलाई २–१ ले हरायो । उसका लागि पिएरे इमिले होजबर्गले नाटकीय रूपमा ९५ औं मिनेटमा निर्णायक गोल गरे ।

दोस्रो स्थानमा रहेर छनोट हुनका लागि फ्रायन्कफर्टले स्पोर्टिङ लिस्वनलाई २–१ ले हरायो । यस बाहेक अन्य कुनै अप्रत्यासित नतिजा आएन् र ठूला टिम लगभग सबै विजयी रहे । समूह ‘ए’ मा लिभरपुलले नेपोलीलाई २–० ले हराए पनि दोस्रो स्थानमै रह्यो । तर नेपोलीको जित यात्रा रोक्न सफल रह्यो ।

लिभरपुलका लागि मोहमद सलाह र डार्विन नुनेजले गोल गरे । यसअघि नै दुवै टिम अर्को चरण पुगिसके । समूहको अर्को खेलमा आयाक्सले रेन्जर्सलाई ३–१ ले पन्छायो । यस्तै समूह ‘बी’ मा एफसी पोर्टोले एटलेटिको म्याड्रिडलाई २–१ हरायो भने क्लब ब्रुग्सले बायर लेभरकुजनसँग गोलरहित बराबरी खेल्यो । यस्तै समूह ‘सी’ मा बायर्न म्युनिकले इन्टर मिलानलाई २–० र बार्सिलोनाले भिक्टोरिया प्लाजेनलाई ४–२ ले हरायो ।

बुधबार १६ कात्तिक २०७९ ०८:१३ AM मा प्रकाशित

प्रतिक्रिया