एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको हो ।
२२ वर्षीय अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलले बताए। उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।
प्रतिक्रिया