नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधानमा संरचनागत सुधार गर्न आवश्यक भएको बताएका छन् । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले संविधान संशोधनमार्फत संविधानको सुधार गर्न आवश्यक भएको बताए ।
संविधानको रक्षा र संविधानको परिमार्जन दुवै गर्नुपर्ने दायित्व माओवादीकै भएको प्रचण्डले दाबी गरे । ‘यो संविधानमा कैयन् प्रावधान छन् । जसको कारणले राजनीतिक स्थिरता प्राप्त गर्न नसक्ने सुशासन पनि प्राप्त गर्न नसकिने अवस्था छ । जसले गर्दा भ्रष्टाचार नियन्त्रण गर्न नसकिने छ’ प्रचण्डले भने, ‘ जनतालाई सर्वसुलभ निर्वाचन प्रणाली नहुँदा श्रमजीवी वर्ग निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने छ । त्यसका लागि संविधानको संरचनागत सुधार गर्न आवश्यक छ ।’ साथै उनले लामो संघर्षपछि बनेको संविधानको संरक्षण गर्ने मुख्य जिम्मेवारी माओवादी केन्द्रकै भएको दाबी गरेका छन् ।
उनले भने, ‘संविधानका कयौँ प्रावधान छन् । त्यसका कारण हामीले राजनीतिक स्थिरता पनि कायम गर्न नसक्ने, भ्रष्टाचार नियन्त्रण गर्न पनि नसक्ने अनि जनतालाई सर्वसुलभ हुने किसिमको निर्वाचन प्रणाली नहुँदा श्रमजीवि वर्ग निर्वाचनमा प्रतिस्पर्धा गर्न पनि नसक्ने यस्ता कयौँ कुराहरु छन् ।’
उनले संविधानमा संरचनागत सुधार गर्न भएको बताए । उनले संविधान परिमार्जन र रक्षाको सबैभन्दा बढी जिम्मेवारी माओवादीकै बढी भएको बताए । उनले आफ्नो पार्टीको घोषणापत्रमा पनि यस बिषयलाई गम्भीरतापूर्वक उठाएको बताए ।
प्रतिक्रिया