×

लेस्टर र एभर्टन बराबरीमा रोकिए

images

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र एभर्टनले बराबरी खेल्दै अंक बाडेका छन् ।सोमबार राति भएको खेलमा लेस्टर र एभर्टनले २-२ गोलको बराबरी खेलेका छन् ।

खेलको १५ औं मिनेटमा डोमिनिक लेविनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।२२ औं मिनेटमा काग्लर सोयुन्चुले गोल गर्दै लेस्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।खेलको ३३ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ५४ औं मिनेटमा एलेक्स इओबीले गोल गर्दै एभर्टनलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।यस बराबरीसँगै लेस्टरले ३४ खेलमा ३० अंक जोडेको छ ।

लेस्टर १६ औं स्थानमा रहेको छ ।एभर्टन ३४ खेलमा २९ अंक जोडेर १९ औं स्थानमा रहेको छ । एजेन्सी

मङ्गलबार १९ बैशाख २०८० ०९:४८ AM मा प्रकाशित

प्रतिक्रिया