×

५५ जना कोभिड संक्रमित भेटिए

images


काठमाडौं । देशभर ५५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ हजार ७१८ जनामा गरिएको नमूना परीक्षणमा ५५ जनामा मंगलबार संक्रमण पुष्टि भएको हो।  ५५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन्।

हाल सक्रिय संक्रमितमध्ये २५ जना संस्थागत आइसोलेशनमा र ११ जना आइसियूमा  रहेका छन्। ​मंगलबार ५३ जना संक्रमणमुक्त भएका छन्।

मङ्गलबार १९ बैशाख २०८० ०६:१८ PM मा प्रकाशित

प्रतिक्रिया