पेटको समस्याका कारण राष्ट्रपति पौडेल टिचिङ अस्पतालमा भर्ना 

    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल टिचिङ अस्पताल भर्ना भएका छन् । 

    पेटमा समस्या देखिएपछि उनलाई हिजो शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको  राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनले भने ‘ हो राष्ट्रपति ज्यू पेटमा समस्या देखिएपछि हिजो साँझ टिचिङ अस्पताल भर्ना हुनुभएको छ, अहिले अवस्था सामान्य छ चिकित्सकहरुले थप विवरण दिनुहोला ।’

    अहिले स्वास्थ परिक्षणका सबै रिपोर्टहरु आइनसकेको उनले जानकारी दिए ।  पेटमा समस्या देखिएपछि हिजो साँझ ७ बजेतिर अस्पताल भर्ना भएका राष्ट्रपति पौडललाई शिक्षण अस्पतालका डाक्टर निरज बमको टोलीले हेरिरहेको छ ।  
     

    आइतबार​ १९ चैत २०७९ ०१:२९ PM मा प्रकाशित

    प्रतिक्रिया