काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भने मन्त्री बन्न क्वालिफिकेसन पुग्ने खुलासा गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै एमाले विरोधी हुँ भने मन्त्री बन्न क्वालिफिकेसन पुग्ने खुलासा गरेका हुन्।
उनले भने, ‘भवितव्यमा दुई वटा सिट आयो। एमालेका विरुद्ध बोले। मन्त्री भए। जान्नुतान्नु केही पनि पर्दैन। एमालेको पक्षमा म छैन। एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ। यस्तो ठाउँमा हामीले देश बनाउने अभिभारा बोकेका छौँ भने त्यो गम्भीरता हामीमा हुनु पर्यो।’
उनले एमालेले चलाएको मिसन ग्रासरुट अभियान पार्टी जनतासम्म पुग्नका लागि भएको भन्दै जनता र कार्यकर्तामा सही विचार पुर्याउन जरुरी भएको बताए । ओलीले अन्तर्घाती चरित्र एमाले चरित्र हुन नसक्ने भन्दै प्रचण्डपथको काम जातिजातिमा भिडाउने भएको तर एमालेले सबै जातिलाई एकताबद्ध बनाउने काम गरिरहेको बताए ।
‘यो प्रचण्डपथको काम जाति जातिका बीचमा भिडन्त बढाउने हामी जातिजातिलाई उत्थान गराउने र एकताबद्ध गराउने, राष्ट्रिय शक्ति निर्माण गर्ने, हाम्रा संगठनको उद्देश्य झैझगडा होइन, समस्या समाधान गराउने हो’, ओलीको भनाइ छ ।
प्रतिक्रिया