×

पीडितले न्याय पाउने समय सीमा कहिले हो सरकार ? --सह महामन्त्री पाण्डे 

images


काठमाडौं । नेपाली कांग्रेसका सह महामन्त्री बद्री प्रसाद पाण्डेले मिटरब्याजी पीडितलाई सरकारले कानून निर्माण गरेर न्याय दिने प्रक्रियामाथि नै शङ्का व्यक्त गरेका छन् । 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले बनाउन लागेको आयोगले पीडितलाई न्याय दिने प्रति विश्वस्त नभएको बताउँदै आयोगले गर्ने छानबिन र कानून निर्माण प्रक्रियाको तालमेलबारे उनले प्रश्न उठाएका हुन् । 

संसद्को शून्य समयमा बोल्दै उनले भने ‘आयोगबाट हुने कामको ठोस कार्यान्वयनको आधारहरू के हुन ? स्पष्ट हुन चाहन्छु । यथाशीघ्र समस्याको समाधान हुने आस

गरिरहेका पीडितहरूले न्याय पाउने समय सीमा कहिले हो ? आयोगले गर्ने छानबिन र कानून निर्माण प्रक्रियाको तादात्म्य कस्तो रहने हो ।’   

पाण्डे सत्ता गठबन्धन दलको मुख्य घटक कांग्रेसका सह माहमन्त्री हुन् ।

आइतबार​ १९ चैत २०७९ ०४:२३ PM मा प्रकाशित

प्रतिक्रिया