×

बहुमुल्य मुर्ती चोरीको विरोधमा दुई घण्टा चापागाउँ बन्द 

images


काठमाडौं। बहुमुल्य प्राचिन भगवानका मुर्ती चोरी भएको बिरोधमा आज(आइतवार) सम्पदा संरक्षण महाअभियानले ललितपुरको चापागाउँ दुई घण्टा बन्द आह्वान गरेको छ

महाअभियानले विहान ८ देखि १० बजेसम्म चापागाउँ बन्द आह्वान गरेको हो । बिहानै सडकमा उत्रिएका अभियन्ताले यातायात आवागमन अवरुद्ध गरेका थिए । सम्पदा संरक्षणमा सरकारले ध्यान नदिएको भन्दै उनीहरुले सडकमा नाराजुलुस गरेका थिए । करिब दुई घण्टाको अवरोधपछि उनीहरु ज्ञापन पत्र लिएर प्रहरी वृत चापागाउँ पुगेका थिए ।

चापागाउँ क्षेत्रका प्राचित मुर्ती चोरी भएर अमेरिका, यूरोप पुगेको बिषयमा उनीहरुले प्रहरीलाई ध्यानाकर्षण गराएका छन् ।
महाअभियानका संयोजक यादवलाल कायस्थले हजारौं वर्ष पुराना मुर्ती चोरी भएको बिरोधमा चापागाउँ सांकेतिक रुपमा दुई घण्टा  बन्द गरिएको बताए ।

उनले भने,‘हामी कहाँ हजरौं वर्ष पुराना भगवानका मुर्ती छन् । तर, ती धामाधम चोरी भएर यूरोप र अमेरिका पुगेका छन् । बहुमुल्य ती मुर्ती चोरी संरक्षणमा सम्वन्धित निकायको ध्यानाकर्षण गराउन सांकेतिक विरोध कार्यक्रम गरेका हौं । यहीक्रममा चापागाउँ दुई घण्टा बन्द गरेका हौं ।’  

आइतबार​ १९ चैत २०७९ १०:२० AM मा प्रकाशित

प्रतिक्रिया