×

शीर्ष स्थानमा आर्सनल अझ बलियो

images


लन्डन । सम्भवतः आर्सनललाई अब इंग्लिस प्रिमियर लिग उपाधि जित्नबाट रोक्न गाह्रो हुनेछ । उसले बुधबार लिगको शीर्ष स्थानमा बुधबार पाँच अंकको अग्रता लिएको छ ।

इमिरेट्समा भएको खेलमा आर्सनलले रेलिगेसनबाट बच्न संघर्षरत एभरटनलाई सजिलै ४–० ले हराएको हो । यो जितमा आर्सनलले आफू कति बलियो छ भनेर पनि देखाएको छ ।

खेलमा ग्याब्रिएल मार्टिनेलीले दुई तथा बुकाया साका र मार्टिन ओडगार्डले एक एक गोल गरे । यो जितपछि आर्सनलको २५ खेलबाट ६० अंक भएको छ । समान खेल खेलेको म्यानचेस्टर सिटी ५५ अंकमा दोस्रो स्थानमा छ । एभरटन २१ अंकमा १८ औं स्थानमा छ र उसलाई रेलिगेसनबाट बच्न निकै गाह्रो हुनेछ ।  

बुधबारकै अर्को खेलमा लिभरपुलले उल्भ्सलाई २–० ले हरायो र छैटौं स्थानमा उक्लिन सफल रह्यो । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि भर्जिल भान डाइक र मोहमद सलाहले गोल गरे । बुधबार एफएकपका खेल पनि भए र त्यसमा लिगकप विजेता म्यानचेस्टर युनाइटेडले  वेस्ट ह्यामलाई ३–१ ले हरायो र अन्तिम आठमा पुग्यो ।

युनाइटेडले एक गोलले पछाडि रहेको स्थितिमा ओल्ड ट्रायफोर्डमा जित निकालेको हो । उसका लागि अझै तीन प्रतियोगिताको उपाधि जित्ने अवसर रहेको छ । बुधबारका खेलबाट क्वाटरफाइनल पुग्ने अन्य टिममा सेफिल्ड युनाइटेड पनि रह्यो । उसले टोटनहमलाई १–० ले हरायो र त्यसमा जर्ज बाल्डकले निर्णायक गोल गरे । 

 

बिहीबार १८ फागुन २०७९ १०:२८ AM मा प्रकाशित

प्रतिक्रिया