×

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिइन्

images

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्।  उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् । 

अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। उनी बोल्न सक्ने अवस्थामै छिन्। उनले विष सेवन गर्नुको कारण खुलेको छैन । निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् ।

वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन्। धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन्। 

उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

बिहीबार १८ फागुन २०७९ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया