×

सुनको मूल्य हालसम्मकै उच्च

images

काठमाडौं । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर एक लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

पछिल्लो समय सुनको मूल्यमा निरन्तर बढोत्तरी हुदै आएको छ । बुधबार प्रतितोला एक लाख ६ हजार ३०० र तेजाबी सुन एक लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बुधबार १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार १९ माघ २०७९ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया