काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक ४ बजेलाई सरेको छ । अध्यक्ष लगायत शीर्ष नेताको कार्यव्यस्तताले बैठक सरेको नेताहरूले बताएका छन् ।
एक नेताका अनुसार गृह मन्त्रालयको विषयमा सत्ता साझेदार दलहरुबीच भइरहेको खटपट, राष्ट्रपतिको आगामी निर्वाचन, पार्टीका विभागहरुमा नेताहरुको जिम्मेवारी तोक्ने लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।
यसअघि बुधबार बस्ने तय भएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो ।आजको बैठकमा माओवादीले तीन महिना कार्यायोजना लिएर नेताहरू जनताका घरदैलोमा जाने निर्णय गर्नेछ ।
त्यस्तै प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर र जिम्मेवारी लगायतका विषयमा निर्णय गर्ने नेताहरूले बताएका छन् । बैठकबाट केन्द्रीय विभागहरूको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने नेताहरूले बताएका छन् ।
यसअघि मङ्गलवारको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष र उपाध्यक्षलाई दिएको थियो ।
प्रतिक्रिया