राखेपका पूर्व सदस्य–सचिव सिंहको निधन

    images

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्-राखेपका पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ । बिहीबार थापाथलीस्थित नर्भिक अस्तालमा उनको निधन भएको हो । 

    तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएको बेला सिंह राखेप सदस्य सचिव थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । ब्याडमिन्टनको ६ पटकको राष्ट्रिय च्याम्पियन उनी नेपाल जिम्न्याष्टिक संघको सह–अध्यक्षको जिम्मेवारीमा थिए ।

     

    बिहीबार १५ मंसिर २०७९ ०८:१० PM मा प्रकाशित

    प्रतिक्रिया