×

इंग्ल्यान्ड जितेपछि ग्रुप–१ को समीकरण खुल्ला

images

ब्रिसवेन । ट्वान्टी ट्वान्टी विश्वकप सुपर–१२ को ग्रुप–१ मा एक चरणका खेल बाँकी छँदा सेमिफाइनल पुग्ने दुई टिमको समीकरण खुल्ला रहेको छ । समूहका मंगलबार भएका खेलमा इंग्ल्यान्ड र श्रीलंकाले जित निकाले ।

इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हरायो भने श्रीलंकाले अफगानिस्तानमाथि पाँच विकेटका जित रच्यो । हारका बावजुत पनि न्युजिल्यान्ड पाँच अंकमा शीर्ष स्थानमा छ र बलियो स्थितिमा छ । उसको यो पहिलो हार हो ।

इंग्ल्यान्ड पनि पाँच अंकमै दोस्रो स्थानमा उक्लेको छ । तेस्रो स्थानको अस्ट्ेरलियाको पनि समान पाँच अंक छ । श्रीलंका र आयरल्यान्डको पनि सम्भावना कायम छ । श्रीलंकाको चार र इंग्ल्यान्डलेआयरल्यान्डको तीन अंक छ ।

अन्तिम चरणको खेलमा न्युजिल्यान्डले आयरल्यान्ड,  श्रीलंका तथा अस्ट्ेरलियालो अफगानिस्तानको सामना गर्नेछ । यो स्थितिमा शीर्ष दुई टिमको निर्णय ‘नेट रन रेट’ ले हुनेछ । 

इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै छ विकेटमा १ सय ७९ रन बनाएकोमा न्युजिल्यान्डले जवाफमा छ विकेटमा १ सय ५९ रन मात्र बनाउन सक्यो । दिनको पहिलो खेलमा अफगानिस्तानले तेर्साएको १ सय ४५ रनको लक्ष्य भने श्रीलंकाले चार विकेट गुमाएर पूरा गरेको थियो । 
 

मङ्गलबार १५ कात्तिक २०७९ ०७:१३ PM मा प्रकाशित

प्रतिक्रिया