×

२४ घण्टामा २ सय ६९ जनामा काेराेना पुष्टि

images

पछिल्लो २४ घण्टामा दुई सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय ५७ जनाको नमुना परीक्षण गर्दा दुई सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

यही अवधिमा दुई सय १५ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा तीन हजार एक सय ५८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ ।

२४ घण्टामा काेराेनाविरुद्धकाे खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बिहीबार १६ भदौ २०७९ ०५:२३ PM मा प्रकाशित

प्रतिक्रिया