×

सिन्धुली क्षेत्र न २ मा एमाले बाट निर्देशक घिमिरेको केन्द्रमा चर्चा

images

काठमाडौ -  नेपाली चलचित्र निर्देशक तथा चर्चामा रहेको चलचित्र सिन्धुलीगढीका युवा निर्देशक बिश्वमणि घिमिरे"पोइट" नेकपा एमाले सिन्धुली क्षेत्र न २ बाट संघीय निर्वाचनमा उम्मेद्बारी दिने करिव पक्का पक्कि भएको जानकारी प्राप्त भएको छ निर्देशक घिमिरे एमालेको भात्री सङठन राष्ट्रिय जनसास्कृतिक महासङ्ह नेपालको केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज समेत रहेका उनी पार्टी अध्यक्ष केपि ओलि निकट चलचित्रकर्मि मानिन्छन् ।

जानकार अनुसार पुर्व माओवादी बादल निकट मनोज थापापनि सोही क्षेत्रमा ससक्त दाबेदार रहेको जानकार सुत्र बताउदछ। हाम्रा सम्वादाता अनुसार थापाको सम्भावना बडि रहेता पनि निर्देशक घिमिरेले कुनै पनि अवस्थामा पछि नहट्ने जानकारि दिएका छन । घिमिरे आफ्नो ड्रीम प्रोजेक्ट सिन्धुली गढीको कार्यलाई थाती राख्दै जिल्लामा घर दैलो अभियानमा लागि परेका छन। निर्देशक घिमिरे जिल्लाभर चिरपरिचित बामपंथी नेता स्व. कमल घिमिरेको छोराको हुन ।

बिहीबार १६ भदौ २०७९ ०८:४४ AM मा प्रकाशित

प्रतिक्रिया