×

जुनियर च्याम्पियनसिपमा सहभागी हुने पौडी टोलीलाई बिदाई

images

इजरायलको नेतन्यामा आयोजना हुने वल्र्ड अक्वाटिक वल्र्ड जुनियर स्विमिङ्ग च्याम्पियनसिप २०२३ मा सहभागी हुने नेपाली पौडी टोलीलाई आज एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले शुभकामना सहित बिदाई गरेटोलीलाई बिदाई गर्दै सदस्य सचिव घिसिङ्गले खेलाडीले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैले नयाँ इतिहास कोर्नु पर्ने बताए । घिसिङ्गले खेलाडीहरुका लागि सहज बातावरण श्रृजना गर्न आफु हर समय लागि परेको बताए ।

यहि भाद्र १८ देखि २३ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको ब्यवस्थापकमा जेनीफर लामा र प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् ।

यस्तै खेलाडीहरुमा अजलकाजी ताम्राकार (५० मिटर बटरप्लाई र फ्रिस्टायल), इरभिन श्रेष्ठ (१०० र २०० मिटर फ्रिस्टायल), अल्भिन महर्जन (५० मिटर बटरप्mलाई र १०० मिटर फ्रिस्टायल), उपास्ती महर्जन (५० र १०० मिटर ब्रेष्टस्ट्रोक), रोशा न्यौपाने (५० र १०० मिटर फ्रिस्टायल) र टिशा महर्जन (५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायल) रहेका छन्बिदाई कार्यक्रममा संघका अध्यक्ष अशोक बज्राचार्य लगायतको उपस्थिती रहेको थियो ।नेपाली टोली भोली बिहान ७ बजे इजरायल तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार​ १५ भदौ २०८० ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया