×

चिनियाँ राष्ट्रपतिद्वारा हङकङका कार्यकारी प्रमुख क्यारीसँग भेटवर्ता

images

काठमाडौं । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी ल्यामसँग भेट–वार्ता गरेका छन् ।

सो अवसरमा सीले पाँच वर्षयता केन्द्रीय सरकारको दृढ समर्थनमा उनले प्रमुख कार्यकारीको जिम्मा लिएर एक देश दुई प्रणालीको नीति र आधारभूत कानूनको दृढताका साथ पालना गरेको र आफ्नो कार्यमा केन्द्रीय सरकारले सम्पूर्ण प्रशंसा गरेको उल्लेख गरेका छन् । 

क्यारी ल्यामले नयाँ प्रमुख कार्यकारी र विशेष प्रशासनिक क्षेत्रको नयाँ सरकारलाई सक्रिय रूपमा समर्थन गरी हङकङ र देशको विकासलाई अरू योगदान गर्ने आशा आफूले लिएको सीले बताएका छन् । 

क्यारीले हङकङमा महामारी अझै देखिएको बेलामा हङकङको भ्रमण गरेको भन्दै राष्ट्राध्यक्ष सीप्रति हार्दिक आभार ज्ञापन गरेकी छन् । मातृभूमि बलियो र समृद्ध हुने र राष्ट्राध्यक्ष सीको हङकङ निरीक्षण कार्यक्रम सफल हुने इच्छा आफूले लिएको पनि उनले बताएकी छन् ।

हिजो दिउँसो सी चिनफिङले हङकङ विशेष प्रशासनिक क्षेत्रका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुखहरू, विभिन्न क्षेत्रका प्रतिनिधि व्यक्तिहरू, अनुशासित सेवकहरु, हङकङमा तैनाथ केन्द्रीय एकाइ र प्रमुख चिनियाँ अनुदान संस्थाका प्रमुखहरूसँग भेट गरेका थिए । 

शुक्रबार​ १७ असार २०७९ ०५:२३ PM मा प्रकाशित

प्रतिक्रिया