×

प्रधानमन्त्री प्रचण्डद्वारा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पहार अर्पण

images

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन्।  प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा फूल चढाएका हुन्। 

प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरणमहतलगायत महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजघाट पुगेका थिए । यसपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यक्रम छ । देउवा र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुनेछ ।  त्यसक्रममा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।

बिहीबार १८ जेठ २०८० ११:३४ AM मा प्रकाशित

प्रतिक्रिया