काठमाडौँ । नेपाल र भारतबीच नेपालको भारतसँग विद्युत् व्यापारका लागि २५ वर्षीय सम्झौता भएको छ । बहुचर्चित महाकालीको पानी बाँडफाँटसहित पञ्चेश्वर परियोजनाको टुंगो ३ महिनाभित्र लगाउने सहमति भएको छ। ‘नौ वटा मुख्य सम्झौता भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौता भएको हो । बिहान भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेलन मार्फत् सहमति सार्वजनिक भएको हो ।
नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिएका हुन् । नेपाल भारत पारवहन सम्झौता नवीकरण, सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापा सम्म पुर्याउने सहमति भएको छ ।
त्यस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पिडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ । डिजिटल पेमेन्ट सम्झौता पनि भएको छ ।
प्रतिक्रिया