आजको मौसम -- पहाडी भू–भागमा मेघ गर्जनसहित वर्षा हुने

    images


    काठमाडौं । आज मुलुकको पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना  छ । 

    मौसम पूर्वानुमानम महाशाखाका अनुसार देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै,  देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधवार गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

    बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ  गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     
     

    बुधबार १७ फागुन २०७९ ११:०५ AM मा प्रकाशित

    प्रतिक्रिया