इन्धनको मूल्य यथावत

    images

    काठमाडौं, १७ फागुन । नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने जनाएको छ। भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आएपनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको हो।

    इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ ५ पैसा, मट्टीतेलमा ३ रुपैयाँ ४० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटाएर पठाएको छ।

    खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले जनाएको छ।



     

     
    बुधबार १७ फागुन २०७९ ०९:०६ PM मा प्रकाशित

    प्रतिक्रिया