बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    images


    काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

    नुवाकोट लिखु गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २८ वर्षीय रूवि खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।
    उच्च अदालत पाटनको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।

    खतिवडाले प्रभु वैंक लिमिटेड काठमाडौं बबरमहल शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमाअदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय काठमाडौं सुन्धारा पठाइएको छ ।
     

    बुधबार १७ फागुन २०७९ ०६:२३ PM मा प्रकाशित

    प्रतिक्रिया