पत्रकार दाहाल र वाग्लेलाई इन्जा खोजी पत्रकारिता पुरस्कार

    images


    काठमाडौं । पत्रकार मात्रिका दाहाल र तारा वाग्लेले यसबर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । 

    नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)ले बुधबार काठमाडौंमा एक कार्यक्रम गरि यसबर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार दाहाल र वाग्लेलाई प्रदान गरेको हो ।  वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको निर्णय अनुसार पुरस्कृतद्वयलाई आज सभामुख देवराज घिमिरेले पुरस्कृत गर्नु भएको हो । 
    इन्जा स्थापना दिवसको अवसर पारेर उनीहरूलाई जनही ५० हजार राशिको उक्त पुरस्कार दिइएको हो । 

    विसं २०६४ देखि पत्रकारिता सुरु गरेका दाहाल कान्तिपुर दैनिकमा कार्यरत छन् । उनले यसअघि दिव्यदर्शन राष्ट्रिय साप्ताहिक, रहस्य राष्ट्रिय साप्ताहिकहुँदै कारोबार दैनिक, नागरिक दैनिकमा समेत काम गरेका छन् । 

    पन्ध्र वर्षदेखि नेपाली पत्रकारितामा क्रियाशील वाग्ले राजधानी, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिकाहुँदै हाल आइएनएस डट कममा कार्यरत छिन् । 
     

    बुधबार १७ फागुन २०७९ ०२:३२ PM मा प्रकाशित

    प्रतिक्रिया