×

मलेसियाविरुद्ध नेपालको शानदार जित

images

काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै शानदार जित दर्ता गराएको छ । नेपालले दिएको १८४ रनको लक्ष्य पछयाएर जवाफी ब्याटिङमा उत्रिएको मलेसिया ३० दशमलव ५ ओभरमा ९९ रनमा अलआउट भएको छ ।

मलेसियाका लागि विकेटकिपर ब्याट्सम्यान मोहम्मद हाइरिलले सर्वाधिक २५ रन बनाए । कप्तान मुहम्मद आसिफले १५ रन जोडे । मुहम्मद अक्रमले पनि १२ रन बनाए । मलेसियाले अतिरिक्त रुपमा २० रन पाएको थियो ।

नेपाललाई शानदार जित दिलाउन अशोक धामीले चार तथा कप्तान अभिषेक तिवारीले तीन र सन्तोष यादवले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३।४ ओभरमा अलआउट हुँदै १८३ रन बनाएको थियो । नेपालका लागी अशोक धामीले ५२ रनको अर्धशतकिय पारी खेले । त्यस्तै सूंर्यासु कोइराला र नरेन भट्टले २९-२९ रनको योगदान दिएका छन् ।

आजको जितसँगै नेपाल समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार​ १५ असार २०८० ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया