काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयमा कार्यरत सहसचिव नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाइएको छ ।
राजस्व अनुसन्धान विभागमा छोटो छोटो समयमा नेतृत्व परिवर्तन हुँदा विभागले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । जसका कारण राजस्व छली जस्तो संवेदनशील विषयमा मुद्दा दायर हुने क्रम अवरुद्धजस्तै बनेको छ ।
अस्थिरता र राजनीतिक हस्तक्षेपको शिकार बन्दै आइरहेको विभागले पछिल्ला दिनमा राजस्व छली गर्नेहरूविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तदारुकता दिन सकेको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलवार राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालयमा तानेर उनको ठाउँमा प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयमा रहेका सहसचिव नवराज ढुंगानालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।
सापकोटा पाँच महिनाअघि मात्रै विभागको महानिर्देशकको रूपमा गएका थिए । विभागमा ढेड वर्षको अवधिमा ७ जना महानिर्देशक परिवर्तन भइसकेका छन् । आजको नेपाल समाचारपत्र दैनिकबाट
प्रतिक्रिया