पार्टीका सांसदलाई आज बिहान ११ बजेभित्रै संसद भवन पुग्न कांग्रेसको निर्देशन

    images

      काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले पार्टीका सांसदलाई आज (आइतबार) बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको छ । त्यसअनुसार अहिले सांसदहरू संसद भवनमा पुग्ने क्रम सुरु भएको छ ।

      दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेपछि कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका छन् ।

      संसदीय दलको कार्यालयले आफूहरुलाई बिहानै संसद भवनमा पुग्न निर्देशन दिएको सांसद लक्ष्मी परियारले जानकारी दिइन् ।

      आइतबार​ १५ फागुन २०७८ १२:०३ PM मा प्रकाशित

      प्रतिक्रिया