×

गायिका दिलमाया सुनार हत्या आरोपी श्रेष्ठ कारागार चलान

images

लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । 

आइतबार न्यायाधीश कृष्णजंग शाहको इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गत असार ११ गते काठमाडौंको नेपालटारस्थित डेरामा गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी थिइन् । त्यसपछि प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार श्रेष्ठले सुनारको हत्या गरेको स्वीकार गरेका थिए । श्रेष्ठ केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा चलान भएका काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

सोमबार ९ साउन २०७९ ०५:४४ PM मा प्रकाशित

प्रतिक्रिया