नेकपा एकीकृत समाजवादीले गठबन्धनको निर्णयअनुसार महानगर र उपमहानगरमा आफ्नो भागमा परेका सबै उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
पार्टी महासचिव बेदुराम भुसालका अनुसार काठमाण्डौ महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
यस्तै पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य, हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामा, इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीले निर्णय गरेको छ ।
गठबन्धनभित्रका दलहरुबीच तालमेलको सहमति भएका ठाउँमा सहमति अनुसारको उम्मेदवारी दिने र तालमेल नभएका सबै ठाउँमा पार्टीको तर्फबाट छुट्टै उम्मेदवारी दिने पनि एकीकृत समाजवादीले जनाएको छ ।
प्रतिक्रिया