चन्द्रागिरिमा माइक्रोमा मोटरसाइकल ठोक्किँदा एक किशोरको मृत्यु

    images

      काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । 

      मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाट रहेका छन् । बिहीबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

      चेकपोष्टबाट चन्द्रागिरि जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोक्किएको थियो । 

      दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।  

       

      शुक्रबार​ १३ फागुन २०७८ ११:०१ AM मा प्रकाशित

      प्रतिक्रिया