×

ओखलढुंगामा पहिरो जादा एकै परिवारका ३ जनाको मृत्यु, १ बेपत्ता

images

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा गएराति अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता १० वर्षका बालकको पनि शव भेटिएको छ। चम्पादेवी गाउँपालिका–८ विलन्दुमा गएराति पहिरो जाँदा रणबहादुर गुरूङको घर पहिरोले बगाउँदै परिवारका सबै सदस्य बेपत्ता थिए।

पहिरोमा परी बेपत्ता बाबु रणबहादुर, पत्नी शिवमाया, १८ महिनाकी छोरी कविताको शव विहान भेटिएको थियो भने केही बेरअघि छोरा दिनेशको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।

राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ । ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ ।

पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन । प्रहरीका अनुसार पहिरो प्रभावित क्षेत्रमा गएरातिदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालित छन् ।

शुक्रबार​ ८ असार २०८० ११:४९ AM मा प्रकाशित

प्रतिक्रिया