थप ३१२ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

    images

      काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार कूल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा ३१२ जनामा संक्रमण पुष्टि भएको छ ।

      बुधवार काठमाडौंमा ६७, ललितपुरमा १० र भक्तपुरमा १० जनामा संक्रमण पुष्टि भएको छ ।
        
      कोरोना निको भएर थप ९११ जना निको भएर डिस्चार्ज भएका छन् । 

      कोरोनाले थप २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर १० हजार ९० सक्रिय संक्रमित रहेका जनाइएको छ । 

       

       

       

      बुधबार ११ फागुन २०७८ ०४:५० PM मा प्रकाशित

      प्रतिक्रिया