×

एमाले त्यागेर समाजवादीमा पुगे सल्यानी डाँगी

images

काठमाडौं। एमाले सल्यानका पूर्वअध्यक्ष लोकबहादुर डाँगीले ३१ वर्षपछि नेकपा (एमाले) परित्याग गरेका छन् ।

सदरमुकाम खलंगास्थित नेकपा (एकीकृत समाजवादी) को नगरपालिकास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा एमाले नेता डाँगीसहित एक सयभन्दा बढी कार्यकर्ता समाजवादीमा प्रवेश गरेका छन् ।

उनी गत २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट बागचौर नगरपालिकाको मेयरका उम्मेदवार समेत थिए । पार्टी प्रवेश गर्नेमा जिल्ला सदस्यहरू खुमराज ओली, खेमकुमारी डाँगी, नन्दलाल अधिकारी, भुपाल डाँगीलगायत छन् ।

 

बुधबार ११ फागुन २०७८ ०५:१० PM मा प्रकाशित

प्रतिक्रिया