काठमाण्डौँ। नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अल हैल मंगलबार कुश्माको द क्लिफ पुगेका छन् । उनी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगैको टोलीसहित कुश्मा पुगेका हुन् ।
उनीहरुले त्यहाँ स्काई क्याफेको मज्जा लिए । राजदूतको टोलीले झन्डै दुई घण्टा द क्लिफमा बिताएको अध्यक्ष राजु कार्कीले बताए । साथै कुश्मा पुगेका राजदूत हैलले त्यहाँका स्थानीय निकायसँग पनि भेटघाट गरेका थिए ।
पछिल्लो समय कुश्मा साहसिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । त्यहाँ बन्जी जम्प, स्काई साइक्लिङ, स्काई क्याफे, स्वीङलगायतका साहसिक खेलका लागि देश तथा देशबाहिरका पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ ।
प्रतिक्रिया