काडमाडौं । विश्वकपमा पेनाल्टीमार्फत अर्जेन्टिनासँग हारेपछि फ्रान्सका केही खेलाडीमाथि भएकोे रंगभेदी टिप्पणीप्रति फ्रेञ्च फुटबल फेडेरेसन९एफएफएफ० ले आपत्ति जनाएको छ ।
एफएफएफले खेलाडीमाथि भएको रंगभेदी व्यवहारको निन्दा गरेको छ ।
एफएफएफले बुधबार ट्वीट गरेको छ, ‘विश्वकप फाइनलपछि फ्रान्सका केही खेलाडीमाथि सामाजिक सञ्जालमा रंगभेदी आरोपसहित घृणित टिप्पणीहरु भएको छ । जुन नितान्त अस्विाकार्य रहेको छ । एफएफएफ त्यसको निन्दा गर्छ र त्यस्तो लेख्नेमाथि उजुरी दायर गर्नेछ ।’
फ्रान्सका फरवार्ड किङ्स्ले कोमान र मिडफिल्डर अरेलियन टचोमेनीमाथि रंगभेदी टिप्पणी भएको थियो । कङ्स्लेको पेनाल्टी अर्जेन्टिनी गोलकिपर इमिलियानोले बचाएका थिए भने टचोमेनीको बल पोष्ट बाहिर गएको थियो । जसका कारण डिफेन्डिङ च्याम्पियन फ्रान्सले विश्वकपको उपाधि गुमाएको थियो ।
प्रतिक्रिया