×

रुसले थप युक्रेनी भूभागलाई गाभ्ने योजना बनाएको अमेरिकाको दाबी

images

रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीतिलाई प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले यूक्रेनको भूभाग कब्जा गर्नका लागि आधार तयार पारिसकेको बताउनुभएको छ । रुसले यूक्रेनमा कब्जा गरेका क्षेत्र गाभ्ने विषयबारे सेप्टेम्बर लगत्तै ‘फर्जी’ जनमत सङ्ग्रह गर्न सक्ने पनि उहाँको दाबी रहेको बीबीसीले जनाएको छ ।

रुसले अवैध रूपमा युक्रेनमा रुस समर्थक अधिकारीहरू तयार पारेको पनि अमेरिकाको आरोप छ । रुसले आफूमा बिलय गर्नका लागि लक्षित क्षेत्रहरूमा खेरसन, जापोरिज्जिया, डोनेट्स्क र लुहान्स्क समावेश रहेको र जनमत सङ्ग्रह गराउने उद्देश्यका साथ तयारी गरेको किर्बीको भनाइ छ । सन् २०१४ मा जनमत सङ्ग्रहपछि रुसले यूक्रेनको क्राइमियालाई आफ्नो क्षेत्रमा गाभेको थियो । रुसले आफ्नो कब्जामा लिएको युक्रेनी क्षेत्रहरूमा यसअघि नै आफ्नै क्षेत्रीय र स्थानीय अधिकारीको कार्यालय स्थापना गरिसकेको छ ।

बुधबार ४ साउन २०७९ १२:११ PM मा प्रकाशित

प्रतिक्रिया