संसद भवन अगाडि ‘एमसीसी स्वाहा’ !

    images

      काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन गरेको छ ।

      एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा ‘एमसीसी स्वाहा’ कार्यक्रम गरिएको हो । कार्यक्रममा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली लगायत सहभागी छन् ।

      एमसीसीको विरोध जनाउन पूजा मण्डप जस्तो बनाएर उनीहरुले मन्त्रोच्चारण गर्दै ‘एमसीसी स्वाहा’ भन्दै होम गरेका छन् ।

      आइतबार​ ८ फागुन २०७८ १२:३५ PM मा प्रकाशित

      प्रतिक्रिया