सम्पूर्ण कर्मचारी एक जुट होऔ भन्दै भक्तपुरको खरिबोटमा भएको एकीकृत सरकारी कर्मचारी संगठन नेपालको राष्ट्रिय अधिबेसन आयोजक समितिको बैठक ले आशन्न निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गराउन सम्पूर्ण सदस्यहरु एक ढिक्का रहने जनाएको छ । साथै उक्त दोस्रो वैठकले यो सहित विभिन्न ३१ वटा निर्णय समेत गरेको छ ।साथै निर्वाचनमा खटिने कर्मचारीहरुको उचित सुरक्षाका साथै मृत्यु भएमा ४० लाख रुपैयाँ वरावरको विमा र दुर्घटनामा परी उपचार गर्नु पर्ने भएमा निःशुल्क उपचार गरिनु पर्ने माग गरिएको छ ।
उक्त बैठकले भष्ट्रचारजन्य कार्यलाई निरुत्साहित पार्दै सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी सबैमा सदाचारको व्यवहार सम्पूर्ण रुपमा संगठनहरुमा आह्रवान गर्दै आधिकारिक ट्रेड युनियनको निर्वाचन अविलम्व घोषणा गर्न र निर्वाचन नहुँदासम्म तत्काल कायम रहेको कमिटीमा कुनै थपघट नगरी आधिकारिक ट्रेड युनियनको अविच्छिन्नता कायम गर्न सरकारसंग माग गरेको छ ।
संगठनका संयोजक मोहन कुमार घिमिरेको अध्यक्षतामा भएको बैठकमा पूर्व प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सहित पूर्व प्रधानमन्त्री तथा पार्टीका नेता झलनाथ खनाल, महासचिव वेदुराम भूषाल, पेशागत महासंघ नेपालका पूर्व अध्यक्ष विश्वनाथ प्याकुरेल, पेशागत महासंघ नेपालका संयोजक प्रेमल कुमार खनाल, आधिकारिक ट्रेड युनियनका कार्यवहाक अध्यक्ष भोलानाथ पोखरेल तथा नेपाल सरकारका सचिव सुरेश अधिकारी, डा. उमेश उपाध्याय लगायतले प्रशिक्षण दिएको उक्त संगठनकी केन्द्रिय सदस्य कल्पना पराजुलिले बताउनुभयो ।
प्रतिक्रिया