×

गणेशमान सिंह बक्सिङ मङ्गलबारदेखि

images

प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा मङ्गलबारदेखि ‘गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुने छन् । 

बसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१ र ९१ किलो तौल समूहमा तथा महिलातर्फ ४८, ५४—५७, ६०, ६४—६९ र ६९—७५ किलो तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष र चार महिला, मधेश प्रदेशबाट सात पुरुष र पाँच महिला तथा बागमती प्रदेशबाट सात पुरुष र तीन महिला खेलाडीबीच प्रतिस्पर्धा हुने श्रेष्ठले बताउनुभयो ।  

यसैगरी गण्डकी प्रदेशबाट सात पुरुष र तीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुष र चार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष र ४ महिला, विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुष र पाँच महिला, एपीएफबाट सात पुरुष र ५ महिला तथा नेपाल पुलिस क्लबाट चार पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका हरेक तौल समूहका विजेताले रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु सात हजार पाँच सय पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल तथा उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने श्रेष्ठले जानकारी दिनुभयो । 

मङ्गलबार ६ बैशाख २०७९ १०:३८ AM मा प्रकाशित

प्रतिक्रिया