काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा वान एक्स बेट नामक एप्लिकेशनमार्फत नेपालबाट करोडौंको सट्टेबाजी भएको पाइएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले गरेको अनुसन्धानका क्रममा भक्तपुरका सुनिल चौगुठी र अजय भेलेले मात्रै कम्तीमा ३ करोड रुपैयाँको कारोबार गरेको देखिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालय,अनुसार चौगुठीको २५ वटा बैंक खाता भएकामा हालसम्म प्राप्त ८ वटा खाताको विवरणमा मात्रै २ करोड ४५ लाख ७१ हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ ।
भेलेको विभिन्न १९ वटा खाताको विवरण मागिएकामा ५ वटा बैंकको विवरण प्रहरीले पाएको छ । त्यसमा ६ महिनामा ६० लाख २९ हजार ९१५ रुपैयाँको कारोबार भएको देखिएको छ ।
यसअघि कार्यालयले पक्राउ गरेका ललितपुरका २१ वर्षीय आदर्श ठाकुरले पनि वान एक्स बेटमार्फत २ करोड रुपैयाँ बढी कारोबार गरेको देखिएको थियो ।
प्रतिक्रिया