पेस्तोल र गोली सहित पक्राउ

    images

      सिरहा : धनगढीमा पेस्तोलसहित एक पुरुष पक्राउ परेका छन् । धनगढी नगरपालिका–११ आँप चोकबाट १ थान ईटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन सहित सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

      उक्त चोकस्थित सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको जनाएको छ ।

      यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

      शुक्रबार​ ४ चैत २०७८ ०१:२९ PM मा प्रकाशित

      प्रतिक्रिया