×

एमसीसीबारे अमेरिकाले भन्यो विरोधका नाममा हिंसात्मक गतिविधि स्वीकार्दैनौं

images

काठमाडौं:  एमसीसी अनुमोदनका लागि दबाब दिँदै आएको अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक गतिविधिलाई स्वीकार्न नसकिने बताएको छ। नेपालमा एमसीसीविरुद्ध हिंसात्मक प्रदर्शन हुन थालेपछि काठमाडौंस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले हिंसालाई उक्सकाउने गतिविधि कदापि नस्वीकार्ने बताएका छन्।


उनले अमेरिका स्वतन्त्र अभिव्यक्तस र सार्वजनिक बहसको बलियो समर्थक रहेको भन्दै शान्तिपूर्णरुपमा आफ्नो विचार प्रकट गर्न आग्रह गरे। हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं। एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन  उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

एमसीसी संसदमा टेबल गर्ने कुराले जति राजनीतिक दलहरुबीच असझदारी रहेको छ। त्योभन्दा धेरै अहिले एमसीसीका नाममा दिनहुँ प्रदर्शन भइरहेका छन्। यहाँसम्म कि बम आतंकसमेच मच्चाइएको छ। त्यही भएर अमेरिकाले यस्तो धारणा सार्वजनिक गरेको बताइएको छ।

शुक्रबार​ ६ फागुन २०७८ ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया