×

सैनिक श्रीमती संघले गर्‍यो ज्येष्ठ नागरिक र विद्यार्थीलाई सहयोग

images

काठमाडौँ  : सैनिक श्रीमती संघले ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको छ । 

संघले बिहीवार मोरङ विराटनगर महानगरपालिका–८ बलुवाही अशोकचोस्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिका ६१ ज्येष्ठ नागरिक र विराटनगर(५ हरिहर पथस्थित पाणिनी संस्कृत विद्यालय गुरुकुलका २५ विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको हो । 


संघले उनीहरूलाई डस्ना, सिरक, तन्ना, खोलसहित सिरानी तथा खाद्यान्न सामग्री वितरण गरेको नेपाली सेनाले जनाएको छ । सो सहयोग सामग्रीहरू संघ अध्यक्ष सुनिता शर्माले वितरण गरेकी थिइन् । 

शुक्रबार​ ६ फागुन २०७८ ०४:१० PM मा प्रकाशित

प्रतिक्रिया