नेपाली नयाँ वर्ष २०७९ सालको पहिलो दिनको कारोबारमै शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २९ दशमलव ६ अङ्कले घटेर दुई हजार ३ सय ८५ दशमलव ६४ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा बीमा, जलविद्युत्, होटल, विकास बैंक, उत्पादन र माइक्राेफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
दाेहाेराे अङ्कले बजार घटेकाे दिन दुई सय ३३ कम्पनीका ३४ लाख सात हजार कित्ता शेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ४९ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि नेस्डाे समृद्ध लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया