सीके राउतको जनमत पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

    images

      काठमाडौं।  सीके राउत (डा चन्द्रकान्त राउत) नेतृत्वको जनमत पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको  छ। लामो समय मधेश प्रदेश केन्द्रित हिंसात्मक आन्दोलनमा रहेका राउत गत वर्ष शान्तिपूर्ण राजनीतिमा आएका थिए।

      शान्तिपूर्ण राजनीतिमा आएको उक्त पार्टीले बिहीबार निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको छ। पार्टीका तर्फबाट महासचिव चन्दन राउतले दल दर्ताका लागि निवेदन दिएका हुन्। 

      पार्टीको नाम जनमत पार्टी (जपा) प्रस्ताव गरिएको छ। आयोगले बुधबार दल दर्ताका लागि आह्वान गरेको थियो।

       

      बिहीबार ५ फागुन २०७८ ०५:२७ PM मा प्रकाशित

      प्रतिक्रिया