×

कथा - कृष्ण सर

images

कृष्णसरलाई संचो छैन त्यसैले आज उँहाले तपाईँहरुको क्लास लिन सक्नु हुन्न् सुसिला खिन्न हुदै भन्छिन् । “कृष्णसरलाई के भएको मैडम” ? रोहित अन्कनाउँदै सोध्छ । “एकहप्तादेखि ज्वरोले थलाएको छ । खै ! ज्वरो घट्दै घटेन” निराश हुदै भन्छिन् । “डाक्टरलाई देखाउनु भएको छैन त मैडम ? अनिशा अघि सर्दै सोध्छिन् ।
“ देखाएको त हो नी खै ” ?  औषधी पनि काम गरेको छैन जस्तो छ । नत्र त ज्वरो अलिकति भएपनि त छुट्नु पर्ने हो नी  सुसिला सुन्यतामा आँखा फंैलाउछिन् । ट्यूसन पढ्न आएका बिद्यार्थी एकआपसमा हेराहेर गर्छन् । कृष्णसरलाई चाँडै निको होस् ! हामी भगवानसंग यही प्राथना गर्दछौँ । अहिलेलाई हामी जान्छौ रोशनीले भनिन् । सबैजना निराश भाव बोक्दै जान खोज्छन् ।

कृष्णसर एउटा इमान्दार लगनशिल र नैतिक मूल्यमा अडिग शिक्षक जो सँग ट्यूशन पढेमा अवश्य उर्तिण हुन्छ भन्ने विश्वास कायम भएको कलेजको सबैभन्दा इमान्दार टिचर । जव परिक्षा नजिक आँउछ तब कृष्णसरको घर खोज्दै खोज्दै बिद्यार्थीहरुको ओइरो लाग्छ ।

“ बाहिर के को हल्ला सुसिला ?” कृष्णसर सकी नसकी ओछ्यानबाट उठ्न खोज्छ ।  “ भो भो ! उठ्नु पर्दैन मैले फर्काइ सकेँ ।” सुसिला लोग्ने तर्फ हेर्दै भन्छिन् । “ किन फर्कायौ त । बिचराहरुको जाँच नजिकै आईसक्यो । म पढाउन सकिहाल्थे नि ।” सुस्तरी स्वास्नी तर्फ हेर्दै भन्छ ।“ यस्तो बिरामी भएको बेलामा पनि पढाउने कुरा गर्नु हुन्छ ।” तिनी झर्किन्छिन्  कृष्णसर चुप लाग्छ फेरी ओछ्यानमा पल्टिदै सोध्छ । “अनु स्कुल गई सकिन.....? ९ बजिसक्यो ।” अघिनै पठाईसकँे, सुसिला लोग्ने तर्फ हेर्दै भन्छिन् ।  

सुसिलालाई आज पटक्कै निन्द्रा लाग्दैन । कहिले यता कोल्टो पर्छिन त कहिले उता कोल्टो पर्छिन् । आँखा एकाएक रसाउन थाल्छन । मुटुभरी पीडा भरीएर आउँछ । एकचोटी लोग्नेको अनुहार हेर्छिन र मनमनै भन्छिन् — हे ! भगवान यो के भयो । विस्तारै सुतिरहेको लोग्नेको मुहार हातले स्पर्श गर्छिन । “ के भयो तिमीलाई ।” निन्द्राबाट विउझिई स्वास्नीको रुन्चे अनुहार हेर्दै सोध्छ । तिनी हतपत आँखाको आँसु पुछि मुस्कुराउने प्रयास गर्दै भन्छिन् । “केही हैन ।” “कति पीर गर्छौ तिमी, मलाई केहि हुदैन क्या ! दुई चार दिनमै यो ज्वरो त निको भै हाल्छ नी, अनि त पढाउन जान पनि सक्छु ।” स्वास्नीलाई सम्झाउँने प्रयास गर्दै पुनः सोध्छ “ डाक्टरको रिर्पोटमा के रहेछ त ?”

—“केही पनि छैन रे !” आँखाको आँसु लुकाउन खोज्दै सानो स्वरमा तिनी बोल्छिन् । “ सुत अब ! धेरै चिन्ता नगर अलिक दिनमै मलाई निको भै हाल्छ नी । मैले भन्दै थिए नी मलाई केही पनि भएको छैन भनेर ..... यो त धपेडीको ज्वरो हो बुझ्यौ ।” स्वास्नीलाई सम्झाउने प्रयास गर्दै ऊ भन्छ ।


तिनी विस्तारै आँखाको आँसु पुस्छिन र “हस” ! भन्दै कोल्टो पर्छिन तर निन्द्रा भने पटक्कै लाग्दैन । विस्तारै लोग्ने तर्फ फर्किन्छिन् र लोग्नेको स्वाभिमानी प्रति नतमस्तक हुन्छिन् । लोग्ने प्रति अथाहा माया उम्लेर आँउछ । निन्द्रामा मस्त लोग्नेको अनुहार उनी एकनाशले हेरिरहन्छिन् । हेर्दा हेर्दै तिनी अतितको सागरमा चुर्लुम्म हुन पुग्छिन ।  
“ निरविक्रम थापाको घर यहि हो ?” ढोकामा उक्त शालिन व्यक्तित्वले भरीपुर्ण व्यक्ति देखि सुसिला अकमक्क पर्छिन ।    “ माफ गर्नु होला , यो निरविक्रम थापाको घर हो ?” आफ्नो अगाडी एक युवती आफुलाई टोलाएर हेरीरहेको देखेर पुनः सोध्छ । सुसिला हढबडाउदै भन्छिन — “हो यहि हो ! अनि यहाँको नि ?” प्रश्नवाचक दृष्टि फ्याक्छिन् । “म कृष्णप्रसाद ढुगाँना, ट्यूसन पढाउन आएको” एक छिन रोकिई पुनः भन्छ “हिजो निरविक्रम जी ले उहाँको छोरीलाई ट्यूसनको लागि भन्नु भएको थियो । त्यही भएर आएको, उहाँ हुनुहुन्न ?” मुस्कुराउदै भन्छ । सुसिला एकटकसँग हेररिहन्छिन् ।

भित्रबाट कल्याणी कराउँदै आँउछिन् ,“ बाहिर को आएको दिदी ?” कृष्णसरलाई ढोकामा उभिएको देख्छिन् र हतपत्त “नमस्ते सर” भन्छिन् । सुसिला अवाक हुन्छिन, के गर्ने के नगर्ने होसै हुदैँन । ”भित्र आउनोस् न सर” कल्याणी आग्रह गर्छिन । अनि सुसिला तर्फ हेर्दै भन्छिन् “ दिदी उहाँ हाम्रो कलेजको अंग्रेजी पढाउने सर ” अनि कृष्णसर तर्फ फर्कदै भन्छिन् “ उहाँ मेरी दिदी स्कुलमा टिचीङ गर्नु हुन्छ ।” दुबै जना मुस्कुराउदै एक अर्कालाई नमस्ते गर्छन् ।  कृष्णसर हाँस्दै भन्छन् “हामी दुवै जनाको प्रोफेशन एउटै रहेछ ।” सुसिला पनि मुस्कुराउछिन् ।  


कर्णेल निरविक्रम थापालाई आफ्नी छोरी कुनै  पनि शिक्षक कहाँ गएर ट्यूसन पढेमा आफ्नो इज्जत कम हुन्थो भन्ने सोच थियो, त्यसैले उसले कलेजको शिक्षक कृष्णसरलाई होम ट्यूशन पढाउनको लागि राम्रै रकमको अफर गरेको थियो । गाँउबाट पढ्न आएर यहाँ जागीर खाई आफ्नो जिवन यापन गरिरहेको कृष्णसरलाई यो उनको मेहनतको उचित कदर थियो । एक घण्टाको ट्यूसनले उनको डेरा भाडा सजिलै तिर्न सकिन्थ्यो, त्यसैले यस्तो प्रस्तावलाई उनले तिरस्कार गर्ने त कुरै थिएन । त्यस माथि कल्याणीलाई पढाउँदा पढाउँदै त्यस घरमा उसलाई राम्रै सम्मान हुन थाल्यो । सुसिला हर दिन उनको ख्याल राख्थिन । लाग्दथ्यो उनलाई आफ्नै घर जस्तै कहिले काहीँ त बेलुकिको खाना पनि त्यही खाएर फर्कन्थ्यो । किनकी सुसिला साह्रै कर गर्थिन । तिनको मन राख्न पनि उनले खानै पर्दथ्यो । कहिले काहीँ उ अच्चम पर्दथ्यो कि किन सुसिला उसको हरेक कुरामा विचार पु¥याउथिन् ।

कहीं म प्रति आर्कर्षित त भएकी हैन  मनमनै गुन्थ्यो तर... म जस्तो जावो एउटा शिक्षक यत्रो धाक रवाफ भएको परिवारको छोरीले के मन पराउली र ?कहिले काहीँ स्कुलबाट छुट्ना साथ हतपत्त डे«स नै नफुकाली कल्याणीलाई पढाईरहेको कोठामा पुग्थिन सुसिला अनि कृष्णसरसँग कुरा गर्न अघि सर्थिन । कल्याणी जिल्ल पर्थिन, के भएको होला यो दिदीलाई आफ्नो यहाँ जाँच आईसक्यो । वाहाँ भने पढाउन सकेको हँुदैन दिदी आएर डिस्टव गरिहाल्छिन् । एकदिन त भनिहालिन्—“दिदी पहिले लुगा फेरिस्योस । मेरो अझै एउटा टपिक्स बाँकी छ । हैन सर !”

कृष्णसरलाई सोध्छिन । कृष्णसर केही नबोली चुपचाप बस्यो । यसरी नै समय बितिरहेको थियो , कृष्णसर प्रतिको आकर्षणले सुसिला दिनप्रतिदिन लठ्ठिदै गईरहेकी थिईन् । एकदिन कृष्णसर ट्यूसन पढाउन आएन, त्यसदिन स्कुलबाट आउनासाथ कल्याणीको कोठामा पसिन् त्यहाँ कृष्णसरलाई नदेखेपछि अचम्म पर्दै कल्याणीसगँ सोधिन् । कल्याणीले पनि कृष्णसरलाई ज्वरो आएको बताए पछि, कल्याणीलाई फकाउँदै कृष्णसरको डेरामा हर्लिक्स लिएर गएकी थिईन् । यसरी एकदिन पनि सुसिलाले कृष्णसरलाई देखिन भने पानी बिनाको माछाझैँ छटपटिन्छिन । भनौँ तिनको मनमा कृष्णसर प्रति माया मौलाउँदै गएको थियो ।    

घरमा सुसिलाको बिहेको कुरा चल्न थाल्यो । एक से एक घरानियाँ केटाहरुको कुरा आयो तर कसैलाई पनि सुसिलाले मन पराईन बाबु आमा छक्क पर्थे छोरीले किन कसैलाई पनि मन पराइन भनेर । एकदिन बाबुले सुसिलाकी आमासँग भने —“हैन ! छोरीले किन बिहे गर्न मानिरहेकी छैन । तिनले कसैलाई मन पराएकी छिन् कि ! तिमी यसो कुरा बुझ न ।

राम्रो खानदानी छ भने हामी तिनले मन पराएको केटासँगै बिहे गरि दिउला हुँन्न ?”   तर सुसिलाले डरले केही कुरा खोल्न सकिनन् । दशैँमा कृष्णसर पढाउन आएन, सुसिलालाई साह्रै छटपटि भो । अनि कल्याणीसँग सोध्न गईन । —“किन कल्याणी दशैँमा तैले पढ्दिन भनिस् कि क्या हो ? कृष्णसर त पढाउन आउनु भएन त?” कल्याणीले पनि ठट्टा गर्दे भनिन् —“ यो दिदी पनि के भइस्या होला । दशैँमा पनि कोहि पढ्छ र । ” दिदीको अनुहार एकटकले हेरीरहिन् । तिनले अलि रिसाएको अभिनय गर्दै भनिन् “ दशैँ भन्दैमा नपढेर हुन्छ । एक घण्टा पढेर के भो ।

बोला कृष्णसरलाई उहाँलाई कस्तो बोर भा’को होला ” । “ अँ ! होला बरु कृष्णसर नआएकोमा हजुरलाई बोर भा’को जस्तो छ ।” कल्याणीले ठट्टा गर्दै आँखा झिम्काईन् ।  “नकरा नेफ्टी तँ जाँचमा राम्रो नम्बर ल्याउछेस् भनेर पो भनेकी नी ” बनावटी रिस देखाँउदै हकारीन् । —“सरी दिदी । जिस्काएकोमा पनि रिसाइसिन्छ” । कल्याणीले सुसिलाको हात समाउदै भनिन् ।—“ ल ! ल !! भैगो । बोला कृष्ण सरलाई ,आजैदेखि पढ् फेरी ” आदेशात्मक आवाजमा भन्छिन् । —“ ल ! दिदीलाई त थाहानै रहेनछ कृष्णसर त दशैँलाई घर जानु भएको छ  । अब दशैँ सकिएपछि मात्र आउनु हुन्छ” ।(खितिती) ! हास्दै बाहिरिन् ।  सुसिला जिल्ल परिन् , साह्रै नरमाइलो लाग्यो । दशैँमा पनि खासै उत्साहित हुन सकिनन् सिर्फ कृष्णसरको प्रतिक्षामा बस्न थालिन् ।

दशैँ पनि सकियो, सुसिलालाई कहिले कृष्णसरलाई भेट होला भन्ने ब्यग्रता थियो । तिनको दिलो दिमागमा कृष्णसरले आशन जमाई सकेको थियो । मनमनै कृष्णसर प्रति पे्रमको मुना पलाएको थियो । कृष्णसरको शालिन् व्यक्तित्व देखि प्रभावित भएकी थिईन् । कुनै धाक रवाफ नभएको मृदुभाषी कृष्णसरलाई सुसिलाले हृदय देखिनै मनपराई सकेकि थिईन् । तिनीलाई आमा बाबुले ल्याएको कुनै पनि केटाहरुको कुरा जो संभान्त घरका डाक्टर, इन्जिनियरहरु थिए जो कृष्णसरको अगाडि फिक्का लाग्दथे । तिनले मनमनै अठोट गरसिकेकी थिईन् की कृष्णसर सगँ नै सारा जीवन बिताउने भनेर ।

धनी नभएर के भो र ? काठमान्डौँमा घर नभएर के भो र ? यस्तो असल केटा त लाखौँमा एक हुन्छन् । तिनी मनमनै सोच्छिन् । तर आजसम्म तिनले कृष्णसरलाई भन्न सकेकी थिईनन् । मनमनै कता कता डर लाग्दथ्यो की कतै कृष्णसरले तिरस्कार गरिदिने पो हो कि भनेर...... फेरी आफैमा विस्वस्त हुन्थिन् ,म मा के कमि छ र ! राम्री छु ! पढेलेखेको छु !! म जस्ती पाउनु पनि त कृष्णसरको भाग्य नै हुनुपर्छ । मनमनै घमन्डले फुल्थिन् ।   दशैँ पछि आए भने त अवस्य पनि आफ्नो मनका कुरा राख्छु , अनि मात्रै बुबा ममीलाई भन्नु पर्ला , अहिले नै कसरी भन्ने म कृष्णसरसगँ बिहे गर्न चाहान्छु भनेर । कृष्णसरले वास्ता गरेनन् भने त मेरो बेईज्जतनै हुन्छ ।

मनमा अनेकोँ शंका उपशंकाले घेर्न थाल्छ । मैले केही समय प्रतिक्षा गर्नै पर्छ । मनमनै अठोट गर्छिन । कता कता डर लागेर आँउछ । मुटूको धड्कन तेज हुदै गएको भान हुन थाल्छ । बिस्तारै आँखा चिम्लिन्छिन अनि प्रेमको अनुभुतिमा रङ्गिदै जान्छिन् ।  एकदिन सुसिला स्कुलबाट फर्केर  लुगा फेरिरहेकीे थिईन् । त्यतिकैेमा गेटको कलवेल वज्यो, टिरीरी !!! आमाले भान्छैबाट हकारीन् । “ सुसिला हेर त ! बाहिर को आएको रहेछ । ” सुसिला हत्तपत्त लुगा फेर्दै ढोका खोल्न गइन् । ढोकामा कृष्णसर मुस्कुराईरहेको  देखेर सुसिला खुशीले गदगद भइन् । हर्षले तिनको मन नाच्न थाल्यो ।

चारैतिर रङ्गैँरङ्ग देख्न थालिन्् । कृष्णसरले नमस्ते गर्दा पनि सिर्फ ट्वाल्ल परेर हेरीरहिन् । कृष्णसरलाई के गर्ने के नगर्ने भयो । भित्र भान्साबाट आमा निस्कनु भयो र कृष्णसरलाई देखेर खुसी हँुदै भन्नु भयो । —“ ए कृष्ण बाबु ! भित्रै आउनुस् न । किन ढोकामै उभिरहनु भएको” । आमाको कुरा सुनेर सुसिला झसङ्ग हुन्छिन् र हत्तपत्त समाल्हिदै भन्छिन् —“ भित्रै आउनुस् न सर” ।  कृष्णसर सरासर गई सोफमा थचक्क बस्छ , सुसिला पनि कृष्णसरलाई हेर्दै अघिल्तिर सोफामा बस्छिन् । —“ अनि बाबु घरबाट कहिले आउनु भो त ?” आमाले खुशी हँुदै सोध्छिन । “आज बिहान आएको कल्याणीको कोर्ष सकिएको छैन त्यही भएर घरबाट छिटो आएको  ।

अनि कल्याणी खोइ त” ? चारैतिर हेरी कल्याणीलाई नदेखेपछि सुसिला तर्फ हेर्दे सोध्छ । —“ ल कल्याणी त आज साथीको घर गएकी छे  । सर त पर्सितिर मात्र आउनुहुन्छ  भन्दै थिई । आमा सुसिला तर्फ हेर्दै भन्छिन् । सुसिला चुपचाप सुनिरहेकी हुन्छिन् । तिनी मनमनै सोच्छिन्  यही उपयुक्त मौका हो कृष्णसरलाई मनको कुरा खोल्ने नत्र त कहिल्यै पनि कृष्णसर यसरी एक्लै भेट्ने मौका पाएकी थिईन ।

जहिले पनि कल्याणी अगाडि हुन्थिन । मनमनै उपयुक्त अवसर खोजी रहन्थिन्  । आज बल्ल मौका पाइन । कल्याणी पनि घरमा छैन । मनमनै खुसी हुँदै आमातर्फ हेर्दै भन्छिन्—“मम्मी कृष्णसरलाई चिया लेराइस्यो न ” । —“ हैन हैन  पर्दैन म गई हाल्छु । भोली आँउला ।” जानलाई उठ्न खोज्छ । सुसिलालाई छटपटि हुन थाल्छ । आमा तर्फ हेर्छिन् । —“ म चिया बनाएर ल्याउछु , सुसिला बाबुसँग कुरा गर्दै गर है” । आमा जुरुक्क उठ्छिन् र भान्छातिर लाग्छिन् ।—“एक छिन त बस्नोस । भर्खर त आउनु भयो । किन हामीसँग कुरा गर्नु हँुदैन कि के हो ?” हिम्मत गरेर कृष्णसरसँग आँखा जुधाउछिन् ।      

                                                 
 —“हैन ! हैन !! त्यस्तो केही हैन” । हडबडाउदै कृष्णसर सोफामा थ्याच्च बस्छ । एकछिन सम्म कोठामा सन्नता छाउछ । दुबै चुपचाप सिर्फ हेराहेर गर्छन । सुसिलाले नै मौनता भङ्ग गर्दै भन्छिन्  । म तपाँईसगँ केहि कुरा गर्न चाहान्छु  , यदि तपाई स्वीकृति दिनु हुन्छ भने । कृष्णसरलाई उकुसमुकुश हुन्छ मनमनै सुसिलाले भन्न चाहेको कुरा बुझिसकेको हुन्छ । त्यसैले केही उत्तर नदिई शुुन्यतामा टोलाई रहन्छ । “ठिकै छ सुन्न चाहानु हुन्न भने भन्दिन्” रिसाएझै गरि उठ्न खोज्छिन् । “ हैन हैन कृपया भन्नुस् न म अवश्यनै सुन्न चाहान्छु । कृष्णसर हडबडाउदै सुसिलालाई रोक्न खोज्छ । सुसिला साहस गर्दै भन्छिन् म तपाँईलाई प्रेम गर्छु । अनि तपाँईसगँ ............. बाक्य बिचमा नै अड्किन्छ किनकी आमा भान्छाबाट दुई कप चिया लिएर आईरहेको देख्छिन् । आमाले चिया पहिला कृष्णसरलाई त्यसपछि सुसिलालाई , दुबैजना चिया पिउन थाल्छन् दुबैको मुखबाट एक शब्द निस्कदैन ।


दिनहरु यसरीनै बितिरहेको हुन्छ । त्यसदिनदेखि सुसिलाको व्यवहारमा परिर्वतन आँउछ । अब पहिले जस्तो कल्याणीको कोठामा आउदिनन्  । एकदिन पढाउँदा पढाउदै कृष्णसरले सोध्छन् —“कल्याणी तिम्रो दिदी खोई त देख्दिन नि ! घरमा हुनुहुन्नकी के हो ?’—“खै सर आजकाल दिदी हामीसँग पनि त्यति बोल्नु हुदैन । स्कुलबाट आएपछि ढोका थुनेर कोठामा बसिरहनु हुन्छ । केहि भन्यो भने खाली रिसाउनु मात्रै हुन्छ । अब त बोल्न पनि डर लाग्छ” ।निरास हुदै भनिन् कल्याणीले ।

             
—“म तिम्रो दिदीलाई भेट्न सक्छु ? धेरै भो नभेटेको पनि पहिले पहिले त यहि आएर कुरा गर्न हुन्थ्यो । अहिले त खै मुखै देखाउनु भएन । म सगँ पनि रिसाउनु भएको जस्तो छ ।” कृष्णसर खिन्न हुदै भन्छ ।  —“ दिदी कोठामै हुनुहुन्छ जानोस् न त सर । के भएको रहेछ । तपाईलाई त भन्नु हुन्छकी ।” —“ ल ! तिमी यो टपिक्स पढ्दै गर म एक चोटी भेटेर आँउछु ” । कृष्णसर उठ्दै  सुसिलाको कोठा तर्फ लाग्छ ।

 आफ्नै कोठामा एक्कासी कृष्णसरको प्रबेशले सुसिला आश्र्चय चकित हुन्छिन् हत्तपत्त सोफा तिर इसारा गर्दे  बस्न आग्रह गर्छिन् । एकछिन दुबैजना मौन हुदै एक–अर्कालाई हेराहेर गर्छन् । कृष्णसरलाई सुसिलाको अध्यारो अनुहारले दुःखी बनााउछ । मनमनै सोच्न थाल्छन् , यहि केटी कति खुसी हुन्थिन् उनलाई देखेर , कस्तरी हाँस्दै हाँस्दै कुरा गर्थिन उनलाई देखेर तर आज मेरै कारणले उनको खुशीमा ग्रहण लाग्यो ।

साह्रै माया लागेर आँउछ तिनको मलिन अनुहार देखी अनि हिम्मत गर्दै सम्झाउने प्रयास गर्छ । —“ सुसिला तिमी जस्तो केटी पाउने केटा त भाग्यमानी हुनेछ । तर.... म जस्तो केही नभएको केटालाई तिम्रो बाबु आमाले कदापि स्विकार गर्ने छैनन् । तिमी मेरो बाध्यतालाई बुझ्ने कोसिस गर । तिमी मेरा लागि सपना सरी हौ । म तिम्रो लायक छैन । ” गम्भिर हुन्छ कृष्णसर ।  सुसिला केही नबोली भुईतिर हेरिरहन्छिन् ।

उनलाई सुसिलाको मौनताले झन गम्भिर बनाउछ । त्यसैेले अलि साहस गरी अघि बढि, सुसिलाको हात बिस्तारै समाती अरु सम्झाउने कोसिस गर्छ । —“ हेर सुसिला म जस्तो डेरावाल, गाउको मान्छेसँग तिमीलाई जिन्दगी बिताउन धेरै गाह्रो हुन्छ । म गरिब छु , मेरो गरिविमा तिमी पनि पिल्सीन्छौ । त्यसैले मैले भनेको मान, मलाई बिर्सने कोससि गर । म तिमलिाई खुसी देख्न चाहान्छु । मेरो कारणले दुःखी भएको म कदापी पनि हेर्न सक्दिन् ।ल्पिज सुसिला केही त बोल ।’ सुसिला बिस्तारै नजर उठाउछिन् । कृष्णसरको आँखामा आँखा जुधाई सोध्छिन् । —“ तपाँई मलाई खुसी देख्न चाहानु हुन्छ भने मलाई अपनाउनुहोस् कृष्णसर ।

म तपाई बिना बाँच्न सक्दिन । मेरो दिलमा तपाँई बाहेक कसैलाई कल्पना पनि गर्न चाहान्न । मेरो प्रेमलाई यसरी नलत्याउनुहोस्.....” आँखा भरी आँसु राखी भन्दै जान्छिन् । — “यदि तिमी खुसी हुन्छौ भने म तिमीसँग  बिहे गर्न तयार छु । म पनि तिमीलाई प्रेम गर्छु सुसिला तर तिम्रो बाबु आमाको लागी यो सब मान्य हुने छैन , म जस्तो जाबो एउटा गरिब शिक्षकलाई ज्वाई बनाउन उहाँहरु अवस्य चाहानुहुन्न ।

यो कुरा बुझ । तिमलिाई भगाएर लान मेरो नैतिकताले दिदैन । त्यसैले तिमी आमा बाबुको स्विकृति लिन सक्छौ भने म तिमीसंग बिहे गर्न तयार  छु ।’  सुसिला गदगद हुन्छिन र कृष्णसरलाई अगाल्न पुग्छिन् । —“ मलाई तपाईको माया भए पुग्छ अरु केही  चाहिदैन” । कृष्णसरको छातीमा मुन्टो लुकाउदै सुक्कसुकाँउछिन् । सुसिलाको घरमा यस कुराले भुईचालो जान्छ । कर्णेल साब रिसले आगो हुन्छ । तर सुसिलाको हठको अगाडी केही लाग्दैन । सुसिला प्रतिक्षा गरिरहन्छिन् कि  यदि कृष्णसरसँग बिहे भएन भने , आजन्मै कुमारी बसीदिन्छु । यसरी छोरीको ढिपीको अगाडि बाबुको केही लाग्दैन । नचाहादाँ नचाहादै पनि छोरीको बिहे कृष्णसरसँग गर्न बाध्य हुन्छन् ।

तर बाबुको मनमा भने कृष्णसरले छोरीलाई फकाएर जालमा पा¥यो भन्ने हुन्छ । त्यसेले बेलाबेलामा अपमान गर्ने कोसिश गरिरहन्छ । यो कुराले कृष्णसरको मनमा ठूलो धक्का पुग्छ । त्यसैले ससुराली जाने ईच्छा नै गर्दैन् । सुसिलाले धेरै फकाउनु पर्छ लोग्नेलाई माईत लग्न । एकदिन त बाबुले आफ्नै अगाडी  लोग्नेको अपमान गरेको थियो बहिनीको बिहेको प्रसंगलाई लिएर —“ कल्याणीको बिहे त जो पायो त्यहि सँग त कहाँ गर्नु ।” सुसिला साह्रै मर्माहत भएकी थिईन् । आँखा रसाएर आएको थियो । त्यहाँ देखि कृष्णसर ससुराली कहिल्यै गएन तर सुसिलालाई जान भने कहिल्यै रोकेन ।  

                            
 टङ्ग ! टङ्ग !! टङ्ग !!!  घडीले बाह्र बजेको संकेत गरेको थियो । सुसिलाको अतित छिन्नभिन्न हुन्छ । “ के भयो सुसिला ? अझै सम्म सुतेकी छैन । बाह्र बजिसकेछ !” आँखा मिच्दै कृष्णसर एकनासले टोलाएर बसेको सुसिलालाई हेर्दै भन्छ ।  तिनी केही बोल्न सक्दिनन् , मनभरी पिडाको अथाहा सागर उमडीरहेको हुन्छ । आजसम्म लोग्ने सामु केही कुरा लुकाएकी थिईनन् । तर...... आज लुकाउन विवस भएकी छिन् । दिउसोँ डाक्टर कहाँ रिर्पोट लिन जाँदाको त्यो क्षण झलझली सम्झना आँउछ , कत्रो पहाड मुटूमा राखेर सुनेकी थिईन् । जब डाक्टर भन्दै थियो —“कृष्णजीलाई क्यान्सर भएको छ ।” डाक्टर अरु के के भन्दै थियो तर तिनको आँखा अगाडि अध्यारो छाएको थियो । भाउन्न भएर त्यही लड्ला जस्तो भएको थियो उनलाई ।

सकि नसकि भित्तामा अडेस लिदैँ थरथराएर रिर्पोट लिएकी थिईन् । आँखा आँसुले टम्म भरिएको थियो । ओठबाट बोली फुट्न सकेन । केही नभनी सुस्तरी घर तर्फ पाईला चालेकी थिईन । यस्तो कुरा लोग्नेलाई कसरी भन्नु त्यसेले भन्न सकेकी थिईनन् ।आफ्नो प्रश्नको जवाफ नपाए पछि कृष्णसर सुस्तरी ओछ्यानबाट उठ्दै , स्वास्नीको टोलाईरहेको अनुहारमा सुम्सुम्याउन पुग्छ । “ किन सुसिला केही पनि बोल्दिनौ ! के भयो भनन ल्पिज .....?’ सुसिला बिस्तारै चल्मलाउछिन् , आँखाको आँसु पुस्दै भन्छिन्  —“खै किन ! किन !! निन्दै्र लाग्दैन” । लोग्नेको छातीमा मुन्टो अड्याउदै सुक्सुकाउछिन् ।

कृष्णसर सान्त्वना दिदै भन्छ —“ नरोउ सुसिला सबै ठिक भैहाल्छ नी । तिमी धेरै पिर लिन्छौ । मलाई क्यान्सरले पनि तिमीबाट अलग गर्न सक्दैन । मैले सबै थाहा पाईसकेँ । यसको उपचार छ रे । डाक्टरले भनेको , अलिक समय मात्र लाग्छ बढि , मैले सबै कुरा बुझिसकेँ । पिर नलेउ ! सब ठिक हुन्छ ।” अंगालोमा बेर्दै भन्छ । सुसिला आश्चर्य चकित हँुदै लोग्नेको अनुहार केलाउन पुग्छिन्  ।                                                          
 

शुक्रबार​ ५ फागुन २०७९ ०५:४५ PM मा प्रकाशित

प्रतिक्रिया