गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान सुरु गरिने

    images

      काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठ बुद्ध पूर्णिमा देखि व्यावसायिक उडान सुरु हुने भएको छ ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने मिति आगामी बुद्ध पूर्णिामाको दिनलाई तोकेको हो ।


      प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्न एक समिति गठन गरिएको छ । सो समितिले तोकिएको समयमा व्यावसायिक उडान गर्नेगरी काम गर्न जिम्मेवारी दिएको उनले बताए ।

      यो विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुँदैछ । क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार मात्रै थाइल्याण्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ । त्यसपछी परीक्षण उडान हुनेछ । परीक्षण उडानपछि व्यवसायीक उडानको तयारी गरिने उनको भनाइ छ ।

      बिहीबार ५ फागुन २०७८ ०५:१५ PM मा प्रकाशित

      प्रतिक्रिया