×

टिपरको ठक्करबाट महिलाको मृत्यु

images

सिन्धुली — घडेरी बनाउन जग्गामा गेग्रान हाल्ने टिपरको ठक्करबाट एक महिलाको बिहीबार मृत्यु भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका १ को देवीस्थानमा गेग्रान हाल्ने टिपरको पछाडिको भागले ठक्कर दिँदा ४५ वर्षीय टिकाराम शिवभक्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घडेरी सम्म बनाउन ल्याएको गेग्रान लोड टिपरको पछाडि भागले ठक्कर दिँदा शिवभक्तीको मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाले बताए ।


प्र ३–०१–००३ क ५२५८ नम्बरको टिपरको ठक्करबाट टाउकोमा चोट लागी गम्भीर भएकी शिवभक्तीको धुलिखेल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । टिपर चालकलाई कारबाहीका लागि नियन्त्रणमा लिइएको डीएसपी लामाले जानकारी दिए । 

बिहीबार ५ फागुन २०७८ ०१:०७ PM मा प्रकाशित

प्रतिक्रिया